गोरखामा टयाक्टर दुर्घटना हुँदा चार जना गम्भीर घाइते
गोरखा | भदौ ३०, २०८०

गोरखा: गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा सप्तरी घर भएका ४१ वर्षीय रामबिलास यादव, पालुङटार नगरपालिका –९ मिरकोटका वर्ष २३ का महेश थापा, गोरखा नगरपालिका –३ नारेश्वरका ७४ वर्षीय भुवन थापा र सोही ठाउँका ५० वर्षीय भोजराज ढकाल घाइते भएका छन् ।
गम्भीर घाइते ४ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । बालुवा बोकेर जाँदैगरेको ट्याक्टरको ओरालो बाटोमा दुवै टायर पङचर भएर दुर्घटना परेको श्रेष्ठले बताए ।
टायर पङचर भएपछि टयाक्टर अनियन्त्रित भई नाला नजिकै धारामा पल्टिएको थियो । पल्टने बित्तिकै स्थानीय नागरिकहरूले उद्धार गरी जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका थिए । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...