फोटो पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पाेखरा | भदौ २९, २०८०

फोटो पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पोखरा:    सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट फोटो पत्रकार उमेश पुन पुरस्कृत हुने भएका छन् । सहारा क्लबले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लबले जनाएको छ । 


प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लबको बैठकले निर्णयलाई अनुमोदन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।


पुन दशक भन्दा लामो समय देखि पोखरामा रहेर फोटो पत्रकारितामा सक्रिय छन् । पुन हाल नागरिक राष्ट्रिय दैनिक, रिपव्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् । पोखरा यूनाइटेड दैनिक, अनलाइन खबर डटकम, सिटि पोखरा डटकम लगायतमा काम गरि सकेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध हुनुहुन्छ ।


सहारा क्लब स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा क्लबले भदौं ३० गते पुरस्कार पुनलाई अर्पण गर्ने छ । पुरस्कारको २५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र रहेको छ । कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रहँदै आउनु भएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएको छ ।


गतबर्ष नारायण शाही सम्मानित भएको थियो भने त्यसै गरी यस अघि दिपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसकेका छन् ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्