नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिमा धामी

काठमाडाैं | भदौ २९, २०८०

नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिमा धामी

काठमाडौं:  नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् । 


नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । उक्त जिम्मेवारीप्रति आभार व्यक्त गर्दै धामीले पार्टीको हितमा र अछामको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ अछाम स्थायी घर भएका धामी नेपालका सफल व्यवसायी तथा उद्यमी पनि हुन् । उनले अछामबाट काठमाडौंमा आएर बसेकाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका लागि सक्दो सहयोग गर्दै प्राथमिकता दिदै आइरहेका छन् । 

 

आफूले जहिले पनि काँग्रेसको संगठन बलियो बनाउनका लागि प्रतिबद्ध र सक्रिय रहँदै आइरहेको बताउँदै धामीले आगामी दिनमा पार्टीको सम्पर्क समितिलाई अझै बलियो बनाउँदै लग्ने र काँग्रेस अछामलाई पनि बलियो बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् ।


नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि धामी उद्योग व्यापार विभागका पूर्व केन्द्रीय सदस्य हुन् ।
 

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...

थप पढ्नुहोस्