अपी क्रिकेट कार्भिनलमा १२ टोली
काठमाडाैं | भदौ २८, २०८०

काठमाडौं: अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्भिनल’ हुने भएको छ ।
धापासी स्थित अपि स्कुलको मैदानमा भदौ ३० देखि २ गतेसम्म सञ्चालन हुने इन्डोर प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अविनास बस्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्क्ष, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलको सहभागिता रहने छ ।
सहभागी टोलीका खेलाडी कक्षा १० सम्म पढिरहेका सोही स्कुलको विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टोलीका आठ खेलाडीले खेल्नेछन् ।
प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिने छ । स्कुल स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको पनि संयोजक बस्यालले बताउनुभयो ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...