विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन

पाेखरा | भदौ २८, २०८०

विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन

पोखरा: पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए । नाट्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएको भन्दै यो क्षेत्रमा भविष्य भएको दावी समेत उनले गरें ।

 

महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले निरन्तर महोत्सव आयोजना गर्न सबैको साथले सम्भव भएको बताए । विद्यालय नाटक महोत्सव आयोजना गरेको पाँच वर्षमा केही उपलब्धि देखिन थालेको उनको भनाई थियो ।

 

पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सव प्रतिको चासो बढ्न थालेको बताए ।  रङ्गमञ्च क्षेत्रको विकास तथा उत्थानका लागि स्थापित थिएटरले आफ्नो स्थापनाकालदेखि नै नाटक मञ्चन, विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाट्य महोत्सव तथा विभिन्न रङ्गमञ्चीय गतिविधिहरू आयोजना गर्दै आइरहेको उनले खुलाए ।

 

 

पोखरा थिएटरले आयोजना गरेको महोत्सव आगामी असोज १२ गतेसम्म सञ्चालन हुनेछ महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका  १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक गरेर कुल १५ नाटक देखाइनेछ ।

 

महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन गरियो । भीमनिधि तिवारीले लेखेको नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन भएको हो ।

 

नाटकमा आशिष लामिछाने, सचिन भित्रकोटी, रोनीक मल्ल, स्यासिन पुन, प्रतिज्ञा कुवर, कृष गुरूङ, आदित्य लामा गुरूङ, भगवत थापा मगर, स्वरूप सुबेदी , अंकित तिमिल्सिना, आदित्य गुरूङ , अर्पण लामिछाने, आर्यान तिमिल्सिना, प्रमिसा लामिछानेको अभिनय गरेका थिए ।

 

यसैगरी एस्लीन गुरूङ, जितेश गुरूङ, सन्देश परियार, सगुन गुरूङ,  लियम गुरूङ, यत गुरूङ, मनिस सिग्देल, दिप्सन गुरूङ, जोयान गुरूङ, सुदिप सुनार, सुजन कुँवर, सुजन कार्की, बिनिता वानीयाँ, स्वीकार कट्टेल, युमिका गुरुङ, पवन गुरुङ, हिमाल गुरुङ, प्रत्यूस अधिकारीको अभिनय समेत दर्शकले हेर्न पाए ।

 

भोली भाद्र २८ गते बिहीबार नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार भएको छ । यो नाटकमा सोमिया खातुन, सृष्टि अधिकारी, अनुस्का गुरूङ, लेबिस्का परियार, सोइक्षा परियार, रियाना सुनार, रिया गुरूङ, शिवानी थापा, निमृता गुरूङ, ममता गुरूङ, रिद्दी गुरूङ, गिष्मा बुडाथोकी, शुसान्त गुरूङ, सुप्रिया शेर्पा, सुवास गुरूङ, सुविक्षा सुनार, सलिसा गुरूङ र श्वेता गुरूङको अभिनय रहनेछ ।

 

नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् । महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । महोत्सवको प्रर्वद्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ ।  

 

पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

 

 

म्याग्दी:  मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।  आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा ...

थप पढ्नुहोस्

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ ल...

थप पढ्नुहोस्

पोखरा:  पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्...

थप पढ्नुहोस्