मिजार समाज पोखरा महानगर कमिटिको अध्यक्षमा सुरेन
पाेखरा | भदौ २७, २०८०

पोखरा: पोखरा मिजार समाज नेपालको महानगर कमिटि गठन गरिएको छ । मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा २९ सदस्य महानगर कमिटि सर्वसम्मत रुपमा गठन गरेको हो ।
यस्तै उपाध्यक्षमा ओममाया नेपाली, रामबहादुर नेपाली, सचिवमा विनोद नेपाली सह–सचिवमा गोविन्द नेपाली र मञ्जु नेपाली, कोषध्यक्षमा जौमाया नेपाली र सह–कोषाध्यक्षमा चन्द्र बहादुर नेपाली सर्वसम्मत चयन भएका हुन् ।
सदस्यहरुमा झपट बहादुर नेपाली, शोभा नेपाली, शिव नेपाली, रुद्रसिंह बसेल, बासु नेपाली, शंकर नेपाली, सुनकुमारी नेपाली, विजय नेपाली, स्यामबहादुर नेपाली, सुनिल नेपाली, फत्तबहादुर नेपाली, रुपा नेपाली, शान्त नेपाली, राजु नेपाली, कृष्ण ब। नेपाली, सम्झना नेपाली, अमृत नेपाली, सुर्य नेपाली, संगीता नेपाली, सम्मर ब.नेपाली र होम ब.नेपाली रहेका छन् ।
उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले समाज परिवर्तनमा मिजार समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताइन् ।
उत्पीडित समुदायको हक हितका लागि युद्धमा सहभागी हुँदै आएको समुदायले उत्पीडितको समस्या समाधान गर्न एक हुनु खुसीको कुरा भएको बताइन् । समाज परिवर्तनको पक्षमा लागेको उपलब्धिका कारण अहिले सदनमा दलित मात्रै १३ प्रतिशत रहेको जानकारी दिईन ।
उनले मानव भएरपनि जातीय छुवाछुतको कारण घृणा हुँदै गर्दा मिजार समाज लगायतका समुदायको आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उनको भनाइ थियो । उनले अझै पनि बेलाबखत विभेदका घटना घट्ने गरेको र यसका लागि समाज जागरुक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । दलित समुदायलाई संविधानले अधिकार सम्पन्न बनाएको र त्यो अधिकारको रक्षा र विकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाको भनाइ छ ।
मिजार समाज कास्की उपाध्यक्ष उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताए ।
सोही अवसरमा पुर्व जिल्ला अध्यक्षहरु मंगल नेपाली, रुद्र बहादुर नेपाली, हरिशचन्द्र नेपाली र स्व. बुद्धि बहादुर नेपाली९परिवार० लाई सम्मान गरिएको छ ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा...
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...
तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...