ताराखोलामा माछा मार्न रोक, अटेरी गर्नेलाई एक लाख जरिवाना
बाग्लुङ | भदौ २२, २०८०

बागलुङ: बागलुङको तारखोला गाउँपालिकाले गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न रोक लगाएको छ ।
गाउँपालिकाले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचार क्षेत्रमा माछा मार्न रोक लगाएको जानकारी गराएको हो ।
‘ताराखोलाका खोलाहरुमा पाइने माछा जिल्लाकै प्रशिद्ध हुनुका साथै चिनारी समेत हो, यसको संरक्षण र दिगो उपयोगको सुनिनिश्चिता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य हो’, सूचनामा भनिएको छ, ‘गाउँपालिकाको जलचर एवं जली जैविक विविधता संरक्षण कार्यविधि,२०८० र गाउँपालिकाको निर्णय अनुसार भदौ २२ देखि कात्तिक १५ गतेसम्म ताराखोलामा माछा मार्न रोक लगाएको छ ।’
सूचनामा भनिएको छ, विशेष गरी वर्षाऋतुमा माछाले फुल पार्ने तथा भुराको वृद्धि विकासको अवधि भएकाले समेत माछा मार्न रोक लगाएको उल्लेख गरिएको छ ।
गाउँपालिकाले सूचनाको अटेर गरेर सूचना अविधि भर माछा मारेको पाएमा गाउँपालिकाको जलचर एवं जलीय विविधता संरक्षण कार्यविधि, २०८० को दफा १४ बमोजिम दशहजार देखि १ लाखसम्म जरिवाना गर्ने जनाएको छ ।
ताराखोला गाउँपालिकाभित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि तारखोला गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...