नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित

काठमाडाैं | भदौ २२, २०८०

नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित तस्बिर फाइल

काठमाडौं:    आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ ।


सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।


नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।


थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए ।


आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ ।


प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

थप पढ्नुहोस्

काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...

थप पढ्नुहोस्