नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडाैं | भदौ २०, २०८०

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा तस्बिर फाइल

काठमाडौं:    आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 


मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बन्यो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो ।


तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए ।


नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।


प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

काठमाडौं:  स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु। तीन सयले बढेको छ भने चाँदी रु। १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

थप पढ्नुहोस्

काठमाडौं:  दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। लामोसाँघु–जिरी सडकखण्डको र...

थप पढ्नुहोस्

रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटो...

थप पढ्नुहोस्