निकुञ्जमा मृत भेटियो गैँडा

चितवन | भदौ १७, २०८०

निकुञ्जमा मृत भेटियो गैँडा

चितवन:  चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत  भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । 

 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ । 

 

“हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भन्नुभयो– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।” 

 गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारीबाट तथा  अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ । यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ । यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ । 

 

निकुञ्जभित्र ६७  पोष्ट छन् । निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेका अनुसार ती पोष्टबाट वरपरका क्षेत्रमा गस्ती गर्ने गरिन्छ । कतिपय पोष्टमा नेपाली सेना, निकुञ्जका कर्मचारी र हात्ती छन् भने कतिपयमा सेना र हात्ती मात्रै छन् । वर्षात्को समय भए पनि गस्तीलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जका सबै भूभागमा निगरानी हुनेगरी गस्ती गर्ने कार्य भइरहेको घिमिरेको भनाइ छ ।  रासस

काठमाडौं:  स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु। तीन सयले बढेको छ भने चाँदी रु। १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

थप पढ्नुहोस्

काठमाडौं:  दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। लामोसाँघु–जिरी सडकखण्डको र...

थप पढ्नुहोस्

रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटो...

थप पढ्नुहोस्