वर्षाले रोकियो भारत र पाकिस्तानबीचको खेल
काठमाडाैं | भदौ १६, २०८०

काठमाडौं: एसिया कपअन्तर्गत शनिबार समूह ‘ए’मा भारत र पाकिस्तानबीचको खेल भारी वर्षाका कारण रोकिएको छ।
श्रीलंकाको पालेकेले मैदानमा ४.२ ओभरको खेल चलिरहँदा वर्षा भएको थियो। अम्पायरले तत्काल खेल रोक्ने निर्णय गरेका छन्।
पिच र मैदानमा कर्भर राखिएको छ। भारतले पहिलो ब्याटिङ गरी विना विकेटको क्षतिमा १५ रन बनाएको छ। भारतका कप्तान रोहित शर्माले १८ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। अर्का ओपनर सुभमान गिलले आठ बल खेलेका छन्। उनले रन जोडेका छैनन्।
पाकिस्तानका फास्ट बलर साहिद साह अफ्रिदीले २.२ ओभरमा ११ रन र नसिम साहले दुई ओभरमा तीन रन दिएका छन्।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...