कालिका स्पोर्टसलाई हराउदै चर्च व्याइज हेमजा गोल्डकपको अन्तिम चारमा

कास्की | असार ५, २०७९

कालिका स्पोर्टसलाई हराउदै चर्च व्याइज हेमजा गोल्डकपको अन्तिम चारमा तस्बिर उमेश पुन

पोखरा:  हेमजा युनाइटेड क्लबको आयोजनामा जारी ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को अन्तिम चारमा चर्च व्याइज क्लब प्रवेश गरेको छ । 

 

पोखरा महानगरपालिका २५ स्थित गौरी शंकर खेलमैदानमा आज भएको खेलमा कालिका स्पोर्टस् क्लब चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

चर्च व्याइजको जीतमा आशिष चौधरीले खेलको ५३ औं मिनेटमा गोल गरे । अशोक खवासको लामो रिलिजलाई आफनो नियन्त्रणमा लिदै चौधरीले बललाई पोष्टको दिशा दिदै निर्णायक गोल गरेका थिए । उक्त निर्णायक गरेका चौधरी म्यान अफ द म्याचको ट्रफिसहित नगद रु ५ हजार प्राप्त गरे । 

 

अब चर्च व्याइजले सेमिफाइनलमा अफ्रिकन फुटबल टोली  र नेपाल सशत्र प्रहरी बलबीच हुने खेलको विजेता टोलीसँग आगामी ९ गते प्रतिस्पर्धा गर्नेछ ।

 

यसअघि उद्घाटन खेलमा ३–१ गोल अन्तरले वीरगञ्ज युनाइटेडलाई हराउदै आयोजक हेमजा युनाइटेड सेमिफाइनल प्रवेश गरिसकेको क्लबका सचिव सुनिल गायकले जानकारी दिए ।

 

उनका अनुसार तेस्रो खेल सोमबार खुमलटार क्लब र बाग्मती क्लब बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि अन्तिम क्वाटरफाइनल खेल मंगलबार अफ्रिकन टोली र नेपाल सशत्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुनेछ । 

 

प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्