पृथ्वीराजमार्ग बस संचालक कम्पनीका बसमा क्यूआर कोड

पाेखरा | भदौ ८, २०८०

पृथ्वीराजमार्ग बस संचालक कम्पनीका बसमा क्यूआर कोड

पोखरा:    पृथ्वीराजमार्ग बस संचालक कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेको छ । 


टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो ।


प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँगबीच भएको सहकार्य अन्तरगत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे । 


नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले अब नगदी कारोबार डिजिटल माध्ययमबाटै अघि बढेको सुनाइन् । हरेक क्षेत्रमा जसरी यातायातको क्षेत्रमा समेत डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको र यसलाई प्रभावकारी बनाउन जोड दिईन् । ‘केही वर्ष महामारीले व्यवसायलाई चलायनमान बनाउन सकेनौं’, उनले भनिन्, ‘सबै व्यवसायीहरु अब डिजिटल बैंकिङ सेवामा जोडिन आवश्यक छ ।’


डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइमकमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए ।

 
‘डिजिटल बैंकिङ सेवालाई प्रभावकारी बनाउँने उद्धेश्यकका साथ यो कम्पनीसँग जोडिएका छौं’, महाप्रबन्धक सिंले भने, ‘डिजिटल बैंकिङ सेवा हरेक स्थानमा सरल र सहज सेवा विस्तारमा हामी जोडिनुपर्छ ।’
पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तरगत एक हजार चार सय बढी बस सञ्चालनमा रहेको बताए । 


‘हाम्रो कम्पनीले अहिले १४ सय बढी बसबाट सेवा दिइरहेका छौं, सबै बसमा क्यूआर कोड जोड्ने छौं’, केसीले भने, ‘अहिले एक सय वटा बसमा मात्रै क्यूआर कोड जोडेका छौंं, केही दिनमा सबै बसमा यो सेवा विस्तार हुन्छ ।’ कम्पनीले पृथ्वी मोबाईल एप्सबाट पनि टिकट काट्ने सेवा विस्तारलाई चाँडै नै लागू गर्ने उनले सुनाए । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्