समाजवादी चिन्तकमा बिपीपछि गिरिकै नाम आउँछ: सभापति देउवा

ललितपुर | भदौ ४, २०८०

समाजवादी चिन्तकमा बिपीपछि गिरिकै नाम आउँछ: सभापति देउवा तस्बिर फाइल

ललितपुर:     नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताउनुभएको छ । स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उहाँले समाजवादी चिन्तकका रूपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताउनुभएको हो ।


“उहाँ धेरै ठुलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरू छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रूपमा लिएको छु, उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ”, सभापति देउवाले भन्नुभयो । 


उहाँले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उहाँले धेरै किताब लेखेर बौद्धिक विचार दिएको बताउनुभयो । उहाँले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राख्नुभयो ।     


महामन्त्री गगनकुमार थापाले गिरि इतिहासको चेत भएको बौद्धिक नेताहरुमध्येको एक भएको बताउनुभयो । “प्रदीप दाइले हामीलाई इतिहासको चेत भएन भने वर्तमानलाई बुझ्न सकिँदैन भन्ने कुरा सिकाउनु भो, इतिहास पढेर मात्रै हुँदैन, इतिहास बुझ्नका लागि त्यो बेलाको समाज बुझ्नुपर्छ, आर्थिक अवस्था बुझ्नुपर्छ, वर्तमानको समस्या समाधानका लागि इतिहास बुझ्नुपर्छ, इतिहासको चेत भएन भने राजनीतिलाई बुझ्न सकिँदैन”, उहाँले भन्नुभयो ।


“प्रदीप दाइ हामीलाई हात समातेर अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो, उहाँका कुरा सुन्दा पाँच÷छ घण्टा बितेको पत्तै हुँदैनथ्यो, उहाँले धेरै कुरा लेख्नुभएको छ, त्यसलाई एक ठाउँमा ल्याएर हेर्ने र त्यसलाई सम्बोधन गर्ने काम हुनेछ, हामी काम गर्नेछौँ । ”     


महामन्त्री थापाले स्वर्गीय गिरि नाशवान् पुँजीवादका बारेमा व्याख्या गर्ने व्यक्तित्व मात्रै नभई नेपाली कांग्रेसले लिएका कैयौँ नीतिहरूमा समेत असहमति राख्ने नेता हुनुहुन्थ्यो भन्ने धारणा राख्नुभयो ।


गिरिकै सुझाव र समन्वयमा ‘पब्लिक पोलिसी’ पाठशाला सुरु गरेर वैचारिक अभियान चलाउने प्रयास भएको उल्लेख गर्दै उहाँले नेताहरूको संस्मरण धेरै प्रकाशन भएको तर ऐतिहासिक दस्ताबेज कम प्रकाशन भएको धारणा राख्नुभयो ।   
  

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्वर्गीय गिरि समाजवादी विचारलाई प्रस्ट्याउन सक्ने सबै विषयको अध्ययन गर्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले गिरि नेपालको समाजवादी आन्दोलनमा जीवितै रहनुहुने धारणा राख्नुभयो । उहाँले गिरिले पदलाई महत्त्व नदिएको जनाउँदै भन्नुभयो, “म मन्त्री बन्न राजनीतिमा आएको होइन, परिवर्तन गर्न चाहन्छु भन्नुहुन्थ्यो ।”   
  

कांग्रेस ललितपुरका जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले स्वर्गीय गिरि पार्टीले मात्रै नभई सबैले सम्झने सम्मानित व्यक्तित्व भएको धारणा राख्नुभयो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्वर्गीय गिरिको सादगी र दार्शनिक जीवनीलाई पाठ्यक्रममा समेट्ने प्रयास गर्ने बताउँदै उहाँको सम्झनामा हरेक हप्ता बहस चलाउने धारणा राख्नुभयो ।    
 

स्वर्गीय गिरिका धर्मपत्नी भारती सिलवालले उहाँको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ह्रास आएको बताउनुभयो । स्वर्गीय गिरिले बेलाबेलामा नेपाली कांग्रेसले आफूले अपनाएको नीतिलाई परिवर्तन गर्न आवश्यक भन्दै आफ्ना धारणा र असहमतिसमेत व्यक्त गर्ने गरेको स्मरण गर्नुभयो । 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्