नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक विद्यार्थी पक्राउ
चितवन | भदौ १, २०८०
नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएसको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनले आईएसी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

