फेवातालमा एक पुरुषको शव फेला

पाेखरा | साउन २७, २०८०

फेवातालमा एक पुरुषको शव फेला तस्बिर फाइल

पोखरा:   पोखरा महानगरपालिका १८ फेवाताल रातामाटामा एक पुरुषको शव फेला परेको छ । 


फेवाताल रातामाटामा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए । 


‘पोखरा १८ फेवाताल राटामाटामा आज पानीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको छ,अन्दाजी ३५–४० उमेरको पुरुषको शव भेटिएको हो’, डीएसपी जोशीले भने, ‘शवको पहिचान भएको छैन, आवश्यक मुजुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’


उनले शवको पहिचान नभएकाले शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए कास्की प्रहरीमा खवर गर्न समेत आग्रह गरेका छन् । 


शवलाई पोष्टमार्टमका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्