पाल्पामा डेङ्गु सङ्क्रमितको मृत्यु

पाल्पा | साउन २२, २०८०

पाल्पामा डेङ्गु सङ्क्रमितको मृत्यु

पाल्पा:     पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । डेङ्गु संक्रमित तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।


मृतक महिलामा एकसाताअघि डेङ्गु संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको छ ।


पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयो ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्