आकाशमा दृष्टिबिहीन सृष्टि: देखिन् खुलेका हिमाल र फेवाताल

पाेखरा | साउन १६, २०८०

आकाशमा दृष्टिबिहीन सृष्टि: देखिन् खुलेका हिमाल र फेवाताल

पोखरा:  ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’ सोमबार दिउँसो पामे फाँटको प्यारा ल्याण्डिङ जोनमा झरेपछि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले पत्रकारहरुमाझ आफ्नो साहस पस्किइन् । 

 

‘आज एउटा सपना पुरा भएको छ । मैले बादल छोए र हिमाल देखे, फेवाताल नियाले,’ उनले थपिन् ।

 

 

 

सृष्टीसँग आँखा छन् तर त्यो आँखाले संसार देख्न छाडेको करिब १३ वर्ष बितिसकेको छ । सृष्टिलाई १६ वर्षको उमेरसम्म सेतो छडीको आवश्यक थिएन । पछि उनले आँखाको ज्योति गुमाइन् र दृष्टिबिहीन बनिन् । उनै सृष्टि ब्लाइन्ड रक्स नेपालको संस्थापक अध्यक्ष बनिन् ।

 

संस्थाको नेतृत्वको जिम्मेवारी पाएसँगै उनको एउटै धेय छ, फरक क्षमता भएका (दृष्टिबिहीन) हरु पनि अन्य अन्य नागरिक सरहनै अब्बल हुन्छन् भन्ने सन्देश दिने ।

 

त्यसैले उनलाई चुनौती सामना गर्न औधी मन पर्छ । विशेषगरी शाहसिक गतिविधिमा रुचि राख्ने उनी आफुसँगै अन्य दृष्टिबिहीनहरुलाई पनि हातेमालो गर्दै रक क्लाइम्बिङ र र्याफ्टिङको अनुभव बटुले । 

 

त्यसपछि ब्लाइन्ड रक्सको टोलीलाई पोखराको आकाशमा उड्ने हुटहुटी बढ्यो र सोमबारको सेडुअल बन्यो ।

 


 

यो पनि पढ्नुहोस

 

 
 

सृष्टिसँगै अन्य ११ जना (सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे, क्रिष्टोफर जे जोन्स र थोमस सिड्लिङ (विदेशी), अमीता खड्का, वासिम अन्सारी र सहबाज अन्सारी) पोखराको खुला आकाशमा उडे । प्याराग्लाइडिङ गरे । जोसँग आँखाको दृष्टी नभएपनि मन र आत्माको दृष्टिले खुलेका हिमाल देखे, फेवाताल हेरे । यो कुरा सृष्टिले अवतरण पश्चात अनुभवमार्फत सुनाइन् ।
 

 

ब्लाइन्ड रक्सको अन्य टोलीले पहिलोपटक प्याराग्लाइडिङ गरेपनि सृष्टीले भने दोस्रो पटक प्याराग्लाइडिङको अनुभव बटुलिन् । उनीहरुलाई यो अवसर नेपाल हवाई खेलकुद संस्था (ना), लायन्स क्लब, पोखरा महानगरपालिकाले जुटाइदिएको हो । 

 

‘हामीलाई यो अवसर जुटाइदिनुहुने ‘ना’ टिम, लायन्स क्लब र पोखरा महानगरपालिकाको मेयर सरप्रति आभारी छौ, उनले भनिन्, ‘दृष्टिबिहीनहरु पनि शासहिक गतिविधिमा सहभागि हुन सक्छन् भन्ने सन्देश दिन पायौ । यो अवसरका लागि धन्यवाद पोखरा ।’
 

सृष्टिसँग प्याराग्लाइडिङको अनुभव भएपनि त्यो महसुस अन्य साथीहरुलाई पनि गराउनु थियो । त्यसैले आफ्नै जोडबलमा सेडुअल बनाएको बताइन् ।

 

‘यो भन्दा अगाडि पनि मैले प्याराग्लाइडिङ गरेको थिए, मैले त्यो बेलाको उत्साह सुनाएको भए उनीहरु सुन्नी मात्र थिए तर उनीहरु आफैले पनि महसुस गर्नुपर्छ भनेर यो सेडुअल बनाएका हौं,’ उनले भनिन् ।
ब्लाइन्ड रक्सको प्याराग्लाडिङले समावेशी पर्यटन प्रर्वद्धन गर्न टेवा पुर्याउने बताइन् ।

 

 

‘शारीरिक अपाङ्गता भएको नागरिकलाई हेर्ने दृष्टिकोण समाजमा फरक छ’, केसीले भनिन्, ‘समावेशी पर्यटनको विकास गर्नका निम्ति नै प्याराग्लाइडिङ गरेका हौं । यसले केही सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

 

उनले जीवनमा सफलता प्राप्त गर्न दृष्टि मात्रै बाधक नहुने बताउदै भनिन्, ‘जीवनको उचाइमा पुग्न, सफलता हाँसिल गर्न दृष्टिबिहीनतामा सिमित हुनुहुदैन । त्यो भन्दामाथि उठ्न सक्छौ, उड्न सक्छौ त्यसैले जीवनमा सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्