फिलिपिन्स पाइलट पढेका दुई नेपालीले पाए अवार्ड

काठमाडाैं | साउन १५, २०८०

फिलिपिन्स पाइलट पढेका दुई नेपालीले पाए अवार्ड

काठमाडौँ: फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । 

 

फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मी अवार्डबाट सम्मान गरेको हो । क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ, जसलाई ‘टप गन अवार्ड’ भनिएको छ र क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’बाट सम्मानित गरिएको हो ।

 

सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका उनीहरूलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । दीक्षान्त समारोह गर्दै २२ जना नेपाली विद्यार्थीहरूसहित विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन् । उक्त कार्यक्रममा थुप्रै नेपाली पाइलटहरूले विभिन्न अवार्ड समेत पाएका छन् ।

 

सबिना विके खड्कालाई  ‘एमेलीय एयरहर्ट अवार्ड’, शोभित पौडेललाई  ‘प्ल्याक एप्रिसिएन’ बाट सम्मानित गरिएको छ । सविनालाई प्रदान गरिएको उक्त अवार्ड पहिलो महिला पाइलटका लागि प्रदान गरिने सम्मान हो । पौडेलले स्कुललाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान प्रदान गरेको हो । 

 

फिलिपिन्सको सरकारी पाइलट ट्रेनिङ दिने उक्त इन्स्ट्च्यिुडमा थुप्रै विदेशी विद्यार्थीहरू पाइलटको ट्रेनिङ लिन जाने गरेका छन् , जसमा नेपाली विद्यार्थीहरू पनि प्रमुख प्राथमिकतमा पर्ने गरेका छन् । 

 

उक्त स्कुलको लागि नेपालको आधिकारिक प्रतिनिधि काठमाडौँ एलायन्स रहेको छ र काठमाडौँ एलायन्समार्फत धेरै नेपाली विद्यार्थी पाइलटको ट्रेनिङ लिनको लागि फिलिपिन्स जाने गरेका छन् । 

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...

थप पढ्नुहोस्

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्