जनता राज्य मिले राज्यको समस्या हल हुन्छ: मन्त्री सिंखडा
पाेखरा | साउन १२, २०८०

पोखरा: सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन ।
‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनले बताइन । आफुले समाजमा भएको समस्यालाई हल गर्ने प्रतिवद्वता गरिन ।
‘मैले गर्नुपर्ने भुमिका निर्वाहा गर्छु,‘मन्त्री सिंखडाले भनिन,‘स्वास्थ मन्त्रालयको समन्वयमा र सहयोग औषधी आएको छ यो हाम्रो दायित्व हो ।’
सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोद बिन्दु शर्मा यस्तै संस्था कास्की मात्र नभएर अन्य जिल्लामा पनि भएको जानकारी दिए । सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्साल समाजिक बिकास मन्त्रालय प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरेको बताए । गण्डकी प्रदेश सरकार मानब सेवा आश्रममा ७० लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्य ३३ प्रकारका मानसीक रोग सम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए । करिब १ वर्षको लागि पुग्ने औषधी भएको उनले बताए ।
प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की सहयोगमा औषधी दिएको हो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...