युवतीलाई जजक गरी फरार भण्डारी पक्राउ

काठमाडाैं | साउन १०, २०८०

युवतीलाई जजक गरी फरार भण्डारी पक्राउ

काठमाडौं:  युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक युवा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ बस्ने २२ वर्षीय मोहन भण्डारी रहेका छन् ।

 

प्रहरीलाई प्राप्त सूचना अनुसार फरार भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको विशेष प्रहरी टोलीले नयाँ बानेश्वरबाट आज पक्राउ गरेको हो ।

 

उनी विरुद्ध (परतिवर्तित नाम) गोयलीले  जाहेरी दिएकी थिइन् । त्यसपछि सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ खोजी गरेको थियो । 

 

अहिले घटनासम्बन्धि थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्