पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो । प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समुहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए । त्यसपछि भएको ६० किलोग्राम तौल समुहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् । आईतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समुहको प्रि–जज र फाईनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाईनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् । उनका अनुसार प्रदेश १, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ । नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् । नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुदैछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।
पोखरा । थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन । यसैगरी एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए ।
पोखरा : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई एक को विरुद्ध तीन सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए । विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५-२०, तेस्रो २५-२१ र चौथो सेट २५-२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५-१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन । तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटरफाइनल प्रवेश गरेको छ । भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिनुभयो । क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन । यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ । सेनाकी सुनिता खड्का, शसस्त्रकी सरस्वती चौधरी सहभागी खेलको खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकले हुटिङ गरेर खेलाडीलाई हौसला प्रदान गरेका थिए । एपिएफकी निरुता ठगुल्नालाई 'वमेन अफ द म्याच' घोषणा गरिएको थियो । दोस्रो खेल आइतबार दिउँसो बाग्मती र मधेश प्रदेश बिच हुने प्रतिस्पर्धा हुने तालिका रहेको छ । आजको अन्तिम खेल संगै पहिलो चरणको सबै खेल सकिने छ । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ ।
पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।
पोखरा : त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडीको खेलको क्रममा मृत्यु भएको छ । पोखरा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६वर्षीय प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेलका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेको थिए ।
नवलपुर । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बागमतीले हात पारेका छन् । महिला डबलतर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाए । महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन् । महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् । हाइजम्पमा आर्मीका सुर्यलाई स्वर्ण पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् । बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।