नेवा: पत्रकार पुच कास्कीमा अनिशा
पाेखरा | साउन ६, २०८०
Photo: Cityone TV
पोखरा: नेवा: पत्रकार पुच: कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् ।
शनिबार सम्पन दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएकी हुन् ।
यस्तै उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चुनिए ।
कार्यसमिति सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कास्कीमा नेवा समुदायबाट महिला पत्रकारहरु न्युन रहेको भन्दै आफुले पत्रकारीताको माध्यमबाट नेवास् संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताएकी थिइन् ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

