संसदीय समितिलाई प्रधानसेनापतिको जवाफ : ‘नेपाल एसपिपीमा सहभागी हुँदैन’

काठमाडाैं | असार ३, २०७९

संसदीय समितिलाई प्रधानसेनापतिको जवाफ : ‘नेपाल एसपिपीमा सहभागी हुँदैन’

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) नेपालको हितमा नभएको स्पष्ट पार्नुभएको छ । एसपिपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै शर्माले नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी नहुने बताउनुभएको हो ।

 

मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उहाँले स्पष्ट पार्नुभएको छ । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पार्नुभयो ।

 

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गर्नुभयो । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उहाँले बताउनुभयो । नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो, उहाँले बैठकमा भन्नुभयो ।

 

सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन  ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको उहाँले सांसदहरुसँग भन्नुभयो ।।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्