संसदीय समितिलाई प्रधानसेनापतिको जवाफ : ‘नेपाल एसपिपीमा सहभागी हुँदैन’

काठमाडाैं | असार ३, २०७९

संसदीय समितिलाई प्रधानसेनापतिको जवाफ : ‘नेपाल एसपिपीमा सहभागी हुँदैन’

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) नेपालको हितमा नभएको स्पष्ट पार्नुभएको छ । एसपिपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै शर्माले नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी नहुने बताउनुभएको हो ।

 

मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उहाँले स्पष्ट पार्नुभएको छ । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पार्नुभयो ।

 

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गर्नुभयो । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उहाँले बताउनुभयो । नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो, उहाँले बैठकमा भन्नुभयो ।

 

सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन  ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको उहाँले सांसदहरुसँग भन्नुभयो ।।

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्