सुरु भयो धर्मकर्मको महिना (फोटो कथा)
पाेखरा | साउन १, २०८०
पोखरा: हिन्दू धर्मशास्त्र अनुसार साउनलाई धर्मकर्मको महिना मानिन्छ । जुन शिवजीको महिना भनेर मानिने साउन महिना आजदेखि सुरु भएको छ ।
साउनको सूरु दिनमै सोमबार परेकाले आजको दिनलाई विशेष पुजाआरधना गरी मनाइदैछ । र यो महिनाभर शिवको पूजा गर्ने र ब्रत बस्ने गरिन्छ । यो समयमा शिवजीको पुजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदै आएको छ ।

त्यसैले यो महिनाको सोमबार ब्रत बसेको खण्डमा परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ ।
पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको हुनाले महिलाहरूले यस महिना र सोमबारलाई बढी महत्व दिन्छन् ।
साउन सुरु भएसँगै पोखरा महानगरपालिका १ बगरस्थित गाईघाटको माहोललाई सुनगाभा न्यूजको लेन्सबाट कैद गरेका छौं ।
तस्बिरहरु:














पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेस...

