तप्राङ्गमा पहिरोका कारण दुई परिवार विस्थापित

पाेखरा | असार २१, २०८०

तप्राङ्गमा पहिरोका कारण दुई परिवार विस्थापित तस्बिर: डिल बहादुर क्षेत्री (वडाध्यक्ष)

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ्गस्थित भेडीखर्कमा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् । 


गएको असार १९ गते परेको अविरल वर्षाका कारण मादी ६ मा पर्ने काहुँखोला दुधपोखरी ग्रामिण सडकको दोस्रो खण्डमा सजुक भेडीखर्कचोकमा पहिरोका कारण तीन घर विस्थापित भएकाे ​वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । 

 

उनका अनुसार अन्य तीन घरपरिवार पहिरोको जोखिम परेको छ ।


‘गएको असार १९ गते परेको अविरल वर्षाका कारण काहुँखोला दुधपोखरी ग्रामीण सडकको दोस्रो खण्डमा पहिरोले क्षति पु¥याएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने, ‘पहिरोले दुई परिवारकाे तीन घर पूर्ण क्षति भएसँगै विस्थापित नै बनाएको छ भने तीन घर परिवारलाई जोेखिम बढाएको छ ।’

 


पहिरोका कारण कमलापति बरालको दुई घर र दिपक बरालको घर र गोठ पहिरोका कारण विस्थापित भएको र सम्सेर पाण्डे, भगवान सिं गुरुङ र विष्णुमाया घर्तिको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 


‘पहिरोका कारण विस्थापित भएका दुई घर परिवार मध्ये एकलाई आफन्तको घरमा र एक घरपरिवारलाई समाज घरमा व्यवस्थापन गरेका छौं’, उनले भने, ‘राहतका लागि वडा कार्यालयबाट गाउँपालिकाका सिफारिस गरेका छौं ।’


 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ ।  घान्द्रुक पर्यटन व्...

थप पढ्नुहोस्

कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ ।   बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।  नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

थप पढ्नुहोस्