वीरगञ्जको सिर्सिया नदी किनारमा वृक्षारोपण शुरु

विरगञ्ज | असार २०, २०८०

वीरगञ्जको सिर्सिया नदी किनारमा वृक्षारोपण शुरु

काठमाण्डौ:   पर्साको वीरगञ्जमा रहेको सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण शुरु गरेको छ ।

 

प्रदूषित बनेको नदीको संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षारोपण शुरु गरेको हो ।

 

नदीको दुवै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण शुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।

 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य शुरु गरेको हो ।

 

मनसुनमा बाढीले सिर्सिया नदी कटान गर्दै आएको छ । साथै तटिय क्षेत्रमा डुबानको समस्या छ । महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न रोक लगाएको छ ।

 

पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ ।

 

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्