टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गयो
काठमाडाैं | असार २०, २०८०
सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ ।
हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२ वर्षीया अनुशा ९अंशु० घाइते हुनुभएको थियो ।
गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए । टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...
पोखरा: पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कपमा ८ टिम भिड्ने भएका छन् । आदर्श युवा क्लबको आयोजना यही पुस ९ देखि १६ गतेसम्म हुने २६ औ...

