वीरगञ्जको सिर्सिया नदी किनारमा वृक्षारोपण शुरु

विरगञ्ज | असार २०, २०८०

वीरगञ्जको सिर्सिया नदी किनारमा वृक्षारोपण शुरु

काठमाण्डौ:   पर्साको वीरगञ्जमा रहेको सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण शुरु गरेको छ ।

 

प्रदूषित बनेको नदीको संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षारोपण शुरु गरेको हो ।

 

नदीको दुवै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण शुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।

 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य शुरु गरेको हो ।

 

मनसुनमा बाढीले सिर्सिया नदी कटान गर्दै आएको छ । साथै तटिय क्षेत्रमा डुबानको समस्या छ । महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न रोक लगाएको छ ।

 

पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ ।

 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्