प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित
काठमाडाैं | असार १३, २०८०

काठमाडौं: आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उपस्थित भएका दुई सय ५५ जना सांसदमध्ये एक सय ४७ मतसहित बजेट पारित भएको हो । बजेटको विपक्षमा एक सय आठ मत परेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको हो । बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०÷८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएकोमा त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गर्नुभएको थियो ।
सभामुख घिमिरले हुन्छ वा हुन्न भन्ने ध्वनि मतका आधार घोषणा गर्नुभएकोमा एमालेका सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गर्नुभयो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेपछि मत विभाजन गरिएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ुह्विपु लगाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरे ।
पारित भएसँगै आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ । गएको जेठ १५ गते सरकारले आउँदा आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...
काठमाडौं: तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...