पत्रकार रानालाई नगरपालिकामा बन्धक बनाउने अधिकृतलाई कारवाहीको माग
पाेखरा | असार १३, २०८०
पोखरा: पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य तथा एबिसी न्यूज टेलिभिजनकर्मी गीता रानामगरलाई अभद्र व्यवहारसहित नगरपालिकामा बन्धक बनाउने प्रशासकीय अधिकृत धर्मराज ढुंगानालाई विभिन्न पत्रकार संस्थाले कारवाहीको माग गरेको छ ।
रिपार्टिङको क्रममा स्याङ्जाको भीरकोट नगरपालिकाको भिडियो र तस्बिर खिच्ने क्रममा हिजो (मंगलबार) अभद्र व्यवहार गर्ने प्रशासकीय अधिकृत ढुंगानालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्नुपर्ने मागसहित नेपाल पत्रकार महासंघ कास्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी, प्रेस चौतारी गण्डकी, प्रेस चौतारी कास्की तथा नेपाल मगर पत्रकार संघ कास्की लगायतले प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।
पत्रकार रानामगरलाई ढुंगानाले अनुमति विना फोटो तथा भिडियो कैद गरेको भन्दै नगरपालिकाको परिसरमा १ घण्टा बन्धक बनाएको थियो ।
त्यसपछि पत्रकार रानामगरलाई प्रहरी चौकी दहथुमका प्रहरी सई नगेन्द्र भण्डारीको जिम्मा लगाई चौकी पठाइएको रानामगरका सहकर्मी सुशान्त गाहामगरले जानकारी दिए । गाहामगरका अनुसार रानामगरले अघिल्लो दिन (सोमबार) नै ‘नवप्रवर्तन साझेदारी कोष कार्यक्रम (गण्डकी प्रदेश) को भिडियो रिपोर्टका लागि भिडियो छायाँकन गर्नेबारे सुचना अधिकारी विष्णु प्रसाद कोइरालालाई जानकारी गराइसकेका थिए ।
यद्यपी प्रशासकीय अधिकृतले भने आफुनै नगरपालिकाको मुख्य व्यक्ति रहेको बताउदै अनुमति विना भिडियो खिचेको भन्दै अभद्र व्यवहार गरेका थिए । उक्त टोली कालीगण्डकी गाउँपालिका र वालिङ नगरपालिकाको विभिन्न कार्यक्रमको छायाँकन पश्चात भीरकोट नगरपालिका पुगेका थिए ।
स्मरणीय छ १२ दिन अघि मात्रै नगरपालिकामा आएका ढुंगाना विगतमा ३ हजार २ सय रुपैया घुस लिएको भन्दै केही समय निलम्बनमा परेका थिए ।
पत्रकार रानामगर प्रहरीबाट नियन्त्रणमुक्त भएपछि भेटघाटको क्रममा मेयर गोविन्द कुमार कर्माचार्यले प्रशासकीय अधिृकतको तर्फबाट क्षमा याचना गरेका थिए ।
उनले आगामी दिनमा निर्वाध सूचना संकलन गर्ने वातावरण मिलाउने बताउदै त्यस्तो कार्य नदोहोरिनेसमेत बताएका थिए ।
काठमाडौँ: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...