गण्डकी प्रदेश सभामा प्रतिपक्ष दल एमाले र राप्रपाको अवरोध
पाेखरा | असार १२, २०८०
पोखरा: गण्डकी सभाका प्रमुख प्रतिपक्षा दल नेकपा एमाले र राप्रपाले सत्ता गठबन्धनका कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको वार्षिक कार्यक्रम, त्यही अनुसार नै बजेट आएको भन्दै बैठक अवरोध गरेका छन् ।
प्रदेश सभाका दुई प्रतिपक्षी दलले मंगलबारको बैठकमा मन्त्रालयगत छलफल सुरु हुनुअघि नै आफ्ना विषय राखेर बैठक अवरोध गरेका हुन् ।
एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आफूहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका असार ८ गते पाएको तर असार ६ गते नै सत्ता गठबन्धनका कार्यकर्ताले योजना र बजेट अंक सामाजिक सञ्जालमा पोष्ट गरेको बताए । ‘हामीले असार ८ गते मात्र वार्षिक विकास कार्यक्रम पुस्तिका पायौं, तर सत्ता गठबन्धनका कार्यकर्ताले असार ६ गते ७ बजे नै सामाजिक सञ्जालमा जे राखेका थिए त्यही अनुसार नै बजेट आएको छ’ प्रमुख सचेतक नेपालीले भने ।
अनुदानका बजेटमा पालिकाले पठाएका योजनामा प्रदेश सरकारले हेरफेर गरेकोमा पनि एमालेले प्रश्न उठाएको छ । ‘पालिकाको प्राथमिकता छोडेर आफ्नो मनमौजीमा समपूरक र विशेष अनुदानका योजना प्रदेश सरकारले छनोट गरेको छ । यसको जवाफ चाहिन्छ,’ प्रमुख सचेतक नेपालीले भने ।
अर्थमन्त्रीले आफूहरुको प्रश्नको जवाफ नदिएसम्म संसद चल्न नदिने प्रमुख सचेतक नेपालीले बताए ।
सभामुखले बैठक सञ्चालनको वातावरण बनाउन पटकपटक आग्रह गरेका थिए । तर, दुई दलका सांसद बस्न नमानेपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । ...
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्...

