कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड
पाेखरा | असार ११, २०८०
पोखरा: कास्की अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई केन्द्रित गर्दै ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ मा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा उक्त परिमाणको बजेट सार्वजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आउँदो वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको छ ।
पालिकाले चक्रपथ निर्माण रसबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडक सञ्जाल बनाउने गरी बजेट विनियोजन गरेको छ । बाह्रै महिना सडकमा यातायात चल्न बनाउन सक्ने बजेटको उद्देश्य छ ।
अन्नपूर्णले सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

