उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन
काठमाडाैं | असार ८, २०८०
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् ।
उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।
चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए ।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो ।
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत क...

