वडा नं ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न
पाेखरा | असार ७, २०८०
पोखरा: पोखरा महानगर सामाजिक शाखाको आयोजना र पोखरा महानगर वडा नं ३० को सयोंजनमा बुधबार वडा नं ३० मा बालकालिकाहरुका लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना सलोनि मिश्र ९त्रिभुवन शान्ति विद्यालय०, स्मारिका बिश्वकर्मा ९गुरुकुल बिद्याश्रम०, अकिंता सुनार ९गोल्डेन नेचर बोर्डिङ्ग स्कुल०, सपना थापा ९न्यु लाईट बोर्डिङ्ग स्कुल० र बिनोद थापा ९शहिद स्मारक आधारभूत विद्यालय रहेका छन् ।
वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो ।
विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका सयोंजक वडा सदस्य भिम कुमारी पुन मगरले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो । वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने मगरले बताउनुभयो ।
प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो । अन्य निर्णायकमा वडा सचिव बलराम पाठक र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।
वडा सदस्यहरु मंगलकाजी मानन्धर, विनोद प्रसाद लामीछाने र उमा परिपार, बाल संरक्षण समिति सदस्य दिक्षा पून, वडा बाल मञ्चका पुर्व अध्यक्ष रश्मि गौतम लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

