‘दि एलिमेन्टस ब्याण्ड’ को प्रस्तुति असार ८ मा पोखरामा
पाेखरा | असार ७, २०८०
पोखरा: ‘दि एलिमेन्टस ब्याण्ड’ले आफ्ना लोकप्रिय गीतहरुका साथ पोखरामा प्रस्तुति दिन आउँदै छ ।
पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा असार ८ गते शुरक्रबार साँझ लाइभ कन्सर्टमाका लागि आउदै छ । दि एलिमेन्टस ब्याण्डमा ईशान ओन्टा गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् ।
उनीहरुले ‘अल्लारे’, बिर्सिने हाउ की, तसैला हिडे म, पुतली, सपनाको मायालु, लगाएतका गीतहरु प्रस्तुति दिने छन् । उनीहरुमा अद्भुत भाइबहरू सिर्जना गर्ने क्षमता रहेको प्याराडिसोका म्यानेजर हरि पौडेले बताए । उनले दि एलिमेन्टस व्याण्ड प्रशंसक र शुभचिन्तक बीच लोकप्रिय रहेको बताए ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।
द एलिमेन्ट्स ब्याण्डले वास्तविक जीवनका कथाहरू बताउने उनीहरूको सम्बन्धित संगीत गीतहरूले युवा पुस्ताको ध्यान तान्ने गरेको छ । उनीहरुको संगीतका प्याटनलाई धेरैलाई मन पराएको बताउदै पौडेले नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो तारा बनाएको बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

