तीन दिनसम्म घटेको शेयर बजार आज सामान्य बढ्यो
काठमाडाैं | असार ७, २०८०
काठमाडौं: लगातार तीन दिनसम्म घटेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७५ अङ्कले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ ।
आज होटल, बिमा र अन्य समूहको शेयर बढेको छ । अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ७६ वटा कम्पनीका ८० लाख आठ हजार कित्ता शेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल, कालिञ्चोक दर्शन प्राली, वीपीडब्ल्यू लघुवित्त र हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै इङ्खवा खोला जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशत र नेस्डो समृद्ध लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।
काठमाडौं: नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्ण...
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योत...
पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् । माघी मेलाको अवसरमा सभा युला सभाथर परिवारको आयोजनामा सम्पन्न भएको प्रति...

