ट्रेकिङ गाइडको ५ वर्षमा बढ्यो १ हजार पारिश्रमिक
पाेखरा | असार ५, २०८०
पोखरा: ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको पाँच वर्षपछि पारिश्रमिक वृद्धि गरेको छ ।
यसअघि टानले २०७५ सालको मंसिरमा पछिल्लो पटक बढाएको थियो ।
त्यसपछि अहिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी पथ प्रदर्शकका रुपमा खटिने ट्रेकिङ गाइड, सहायक गाइड, सहयोगी मजदुरको दैनिक पारिश्रमिकमा वृद्धि गरेको हो ।
टानका महासचिव विनोद सापकोटाका अनुसार यसअघि पथ प्रदर्शकको दैनिक पारिश्रमिक २ हजार १ सय थियो भने अब ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।
यसअघि अन्नपूर्णमा जाने गाइडको ज्याला प्रतिदिन २ हजार १०० रुपैयाँ थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।
अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो ।
सहयोगी श्रमिक/मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९ सय ३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।
यो निर्णय टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमासमेत जानकारी गराइसकेको छ ।
उक्त निर्णयलाई कार्यान्वयनमा लैजानका लागि प्रदेशको बैठक बसेर पारित गर्ने तयारी रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘हामीलाई हिजोमात्रै पत्र आको छ । अब बैठक बसेर कार्यान्वयनको पाटोमा लैजानै तयारीमा छौ,’ उनले भने ।
टानको तथ्याङ्क अनुसार अहिले देशभर ३ हजार ८ सय हाराहारी ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या करिब २ हजार ८ सय छ ।
देशभर २० हजार हाराहारी ट्रेकिङ गाइडले लाइसेन्स लिएका छन् भने टुर गाइडको संख्या भने करिब ५ हजार छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

