पाल्पामा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु

पाल्पा | असार ५, २०८०

पाल्पामा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु सांकेतिक तस्वीर

पाल्पा:    पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो । 


मृत्यु हुनेमा भारत देश गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षका विपिन धुँसिया र रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–२, बस्ने २२ वर्षका सञ्जय चौधरी रहनुभएको छ । सोमबार बेलुकी साढे ५ बजेतिर तिनाउ–३, शिद्धबावा नजिकै तिनाउ नदीमा साथीहरूसँगै पौडी खेल्ने क्रममा धँसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


यस्तै रैनादेवी छहरा–८, जलुकेस्थित जलुके झर्नामा साथीहरूसँगै पौडी खेल्न जाँदा बेलुकी ६ बजेतिर डुबेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डुबेर मृत्यु हुने क्रम बढेको प्रनाउ थापाले बताउनुभयो । 

 

पाल्पामा पछिल्लो समय डुबेर मृत्यु हुने क्रम बढेको छ । गर्मी छल्न पौडी खेल्ने क्रममा युवा, किशोर–किशोरीको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्