शेयर बजार ५२ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडाैं | असार ३, २०८०

शेयर बजार ५२ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौं:     हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ ।


आज बैंकिङबाहेक सबै समूहको शेयर बढेर हरियाली हुँदा होटल तथा पर्यटन, बिमा, अन्य र जलविद्युत् समूहका शेयर उच्च अङ्कले बढेको छ ।


आज दुई सय ८० वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३६ करोड ६४ लाख बराबरको शेयर किनबेच भयो ।


आज नेपाल इन्सुरेन्स, प्रभु लाइफ इन्सुरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मन्छ्याम हाइड्रो गरी छ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो ।


समग्रमा बजार बढेको दिन आज शुभम् पावर कम्पनी र सिटिज म्युचल फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज एक सय ९० वटा कम्पनीको शेयर बढ्दा २८ वटाको घटेको छ भने चार वटाको शेयर घटबढ भएन ।

काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।  ...

थप पढ्नुहोस्

पोखरा:  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्त...

थप पढ्नुहोस्

पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।  जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैय...

थप पढ्नुहोस्