आज गण्डकीको बजेटः अघिल्लो वर्षभन्दा करिब ३ अर्ब कम आउने
पाेखरा | असार १, २०८०
पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्ने भएको छ ।
यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा कम आउने मन्त्रालयसम्बद्ध स्रोतले जनाएको छ । चालु आर्थिक वर्षमा गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ रहेको छ ।
तर यस वर्षमा अनुमानित ३३ अर्ब रुपैयाँकोमात्रै बजेट आउने अनुमान गरिएको छ ।
संघ सरकारले चालु पुँजीमा कम बजेट राखेको प्रभाव यहाँको बजेटमा देखिने भएको छ । गण्डकीमा लक्ष्यअनुसारको कर उठ्न नसक्नुको परिणाम बजेटमा देखिएको छ भने संघ सरकारबाट दिइने समानीकरण अनुदान पनि १ अर्ब रुपैयाँले घटेको छ ।
आज दिउँसो ३ बजे अर्थमन्त्री जीतप्रकाश आलेमगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

