निशुल्क दन्त परिक्षणमा १ सय ९५ जनाले सेवा लिए
पाेखरा | असार १, २०८०
पोखरा: लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा बिहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिए ।
पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गरे । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गरिन ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

