मेयर आचार्यलाई अटेरीले सम्झायो ‘चुनावी वाचा’

काठमाडाैं | असार १, २०७९

मेयर आचार्यलाई अटेरीले सम्झायो ‘चुनावी वाचा’

पोखरा महानगरपालिकामा दलीय गठबन्धनका उम्मेदवार भई विजय हात पारेका मेयर धनराज आचार्यलाई  अटेरी अभियानले आज चुनावी वाचा सम्झाएका छन् । 

 

निर्वाचनमा प्रतिद्वन्द्वी रहेको अटेरीले चुनावी वाचालाई बुँदागतरुपमै पेश गर्दै निर्धारित समयमै पुरा गर्न शुभकामनासमेत दिए । ‘यो सुझावमूलक मायाको चिनो हो’ अटेरीले भनेको छ ।  

 

मेयर आचार्यले चुनावताका १ वर्षभित्र पुरा गर्ने कामलाई पौडेलले फेहरिस्त उतारेर दिएका हुन् । जसअनुसार पहिलो वाचा पुरा गर्ने डेटलाइन भदौ १२ गते हो । आचार्यले पदबहालीको १ महिनाभित्र महानगरमा ‘मुभलेस सेवा’ सुरु गर्ने बताएका थिए । 

 

यस सेवाअन्तरगत सेवाग्राहीलाई कोठा चाहर्न नपर्ने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने उल्लेख छ । अटेरी अभियान आगामी प्रदेश र संघको निर्वाचन तयारीमा समेत जुटेको छ । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्