सुत्केरी गराउने क्रममा तनहुँमा आमा र नवजात शिशुको ज्यान गयाे

काठमाडाैं | जेठ ३१, २०८०

सुत्केरी गराउने क्रममा तनहुँमा आमा र नवजात शिशुको ज्यान गयाे

तनहुँ: तनहुँकाे व्यास नगरपालिकामा आमा र नवजात शिशुको  ज्यान गएकाे छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुकाे पोखरामा रहेकाे क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएकाे हाे ।

 

मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुकाे ज्यान गएकाे भन्दै छानबिनको माग गरेका छन्। 

 

छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपाेर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताउनु भएकाे छ । 

 

पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताउनु भयाे । 

 

चीजबहादुरले भन्नुभयो,  'छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।'
 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्