खुकुरी प्रहार गर्ने चार पक्राउ
काठमाडाैं | असार १, २०७९
काठमाण्डौँ : नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई मङ्गलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले १० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसिवी साँधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।
विद्यार्थीको खुकुरी प्रहारबाट सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको र उनको अहिले मोडल अस्पताल बागबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

