रुपनारायण ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
पाेखरा | जेठ २१, २०८०
पोखरा: अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।
अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
२५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय ढकाल ह्याप्पी पोखरा डटकममा समेत आवद्ध छन् । उनले यसअघि गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार र पर्यटन पत्रकारिता पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गरिसकेका छन् । पोखरा महानगरपालिका, वडा ३२ सातमुहानेका बासिन्दा ढकालले पोखराबाट प्रकाशित तत्कालिन गगन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् ।
यसअघि उनले हिमदूत दैनिक, जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक, आदर्श समाज दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिक र दक्षिण कोरियाको अंग्रेजी भाषाको ओमाई न्यूज इन्टरनेश्नल वेबसाइटका लागि समेत काम गरिसकेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले ढकाल र पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा आयोजक समितिका मिडिया संयोजक पत्रकार टंकराज अधिकारी, समितिका कानूनी सल्लाहकार अधिवक्ता एवं पत्रकार हरिप्रसाद भट्टराई, समितिका महासचिव दिलिप गुरुङ र अध्यक्ष ललित गुरुङ सदस्य थिए । पत्रकारितका माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको भन्दै समितिले यो पुरस्कार प्रदान गरेको हो ।
अर्थशास्त्रमा स्नातकोत्तर ढकालले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी तथा अमेरिकी दुताबास लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी दर्जन बढी तालिमहरु लिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...
पोखरा: सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्र...

