स्याङ्जाको स्वरेकमा एम्वुलेन्स संचालन गर्ने संस्थाको अध्यक्षमा पराजुली
स्याङ्जा | जेठ २१, २०८०
स्याङ्जा: नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित हुनुभएको हो । उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ ।
निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नु भएको थियो । समाजको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले उदघाटन गर्नु भएको थियो ।
मेयर खाँणले जनताले महसुस गर्ने गरि काम गर्ने अभियानमा रहेको भन्दै निर्वाचनको वेला वोलेको कुरा पुरा गर्ने वताउनु भयो ।खानेपानी ,अस्पताल र अफ्ट्यारो परेको ठाउँमा मेयर देखिने वताउनु भयो । सहयोग जुटाएर शुरु गरेको एम्बुलेन्स संचालनमा समस्या भए नगरपालिका साथ दिन तयार रहेको प्रतिवद्द्ता जनाउनु भयो ।
११ नम्बर वडाका वडाध्यक्ष डन्डपाणी पंगेनीले एम्बुलेन्स संचालनको लागि सानो सहयोग वडाको तर्फवाटपनि गरिने जनाउनु भयो ।
समाजका सस्थापक अध्यक्ष घनश्याम पाण्डेयले नमुना स्वरेक स्थापनाको लागि विदेशमा रहेर भुमिका खेल्नु हुने भेषराज पराजुली ,जिवन पौडेल ,बालकृष्ण पराजुली,विष्ण् पंगेनी र इश्वर पराजुलीको योगदान महत्वपूर्ण रहेको जनाउनु भयो ।
स्थानीय सरकारले गर्नुपर्नेकाम समाजले गर्दे आएकोले नगरबाट समाजलाई सहयोग पुग्ने विस्वास लिएको वताउनु भयो । पाण्डेयले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरेको भन्दै नयाँ आउने समितिको साथमा आफु सधैं रहने जनाउनु भयो ।
कार्यक्रम पुर्ब एसएसपी यम प्रसाद पराजुली,भीरकोट ५ का जनप्रतिनिधि डम्बर अर्याल ,समाजसेवी कमल पंगेनी,यमलाल शर्मा लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।
यसै विच कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको भन्दै चालक ठाकुर प्रसाद पंगेनीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिए थियो भने समाजलाई पछिल्लो समय आर्थिक सहयोग गर्ने नारायण शर्माको वुवा र पुर्वजनप्रतिनिधि मिना खाण लगायतलाई पनि सम्मान गरिएको सचिब इन्दप्रसाद पराजुलीले जानकारी दिनु भएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...
पोखरा: सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्र...

