बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा दुई युवकको मृत्यु

बुटवल | जेठ २१, २०८०

बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा दुई युवकको मृत्यु

लुम्बिनी:  पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको ज्यान गएको छ ।

 

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा गुल्मी मालिका गाउँपालिका४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिएका छन्।

 

दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए र ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताउनुभएको छ ।  एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रम...

थप पढ्नुहोस्

पोखरा:     ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृह...

थप पढ्नुहोस्

पोखरा:      गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिका...

थप पढ्नुहोस्