हलमा पुनः फर्कियो हल्कारा, निर्देशक भन्छन्, नसोचेको भईरहेको छ

काठमाडाैं | जेठ १५, २०८०

हलमा पुनः फर्कियो हल्कारा, निर्देशक भन्छन्, नसोचेको भईरहेको छ


काठमाडौँ:  गत बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र हल्काराले उत्कृष्ट प्रतिक्रियाका बाबजुद दर्शकको उपस्थिति न्यून भयो । दोश्रो हप्ता पुग्दा प्रायः हलहरुबाट निस्केको यो चलचित्र सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमाुमा भने साँझ ५ स् ३० बजेको शो चलिनै रह्यो । पुरै दोश्रो हप्ता एक मात्र हलमा चलेको हल्कारा तेश्रो हप्ताको शनिवार सिडिसि सिनेमा कै अर्को हलमा समेत थपियो । यो क्रम अब अर्को चलचित्र हल विश्वज्योती हलसम्म पुगेको छ ।

 

गणतन्त्र दिवसको दिन रिलिजको तेश्रो हप्ताको सोमवारदेखि विश्वज्योती हलमा साँझ ६ बजेको शो थपिएको छ । विश्वज्योती हलका म्यानेजर रविन पौडेलले लगातार सोधिन थालेपछि शो राखेको बताए । उनले भने, विश्वज्योतीबाट पहिले नै उत्रिएको भएतापनि पछिल्ला केहि दिनयता लगातार दर्शकहरुको सोधपुछ आउन थालेपछि शो राखेका हौँ । सोमवार सानो हलमा राखिएको शो लगभग हाउसफुल भईसकेको छ । मंगलबारदेखि ठुलो हलमा पनि रिलिज गर्दैछौँ । त्यस्तै, सिडिसि सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रुपमा हल्कारा चलिरहेको बताए । उनले कहिलेकाहिँ दुई शो समेत चलिरहेको बताए ।

 

चलचित्रका निर्देशक विक्रम सापकोटाले ढिलै भएपनि दर्शकको रोजाईमा परेकोमा खुशी व्यक्त गरे । उनले भने, मैले सोचेको थिएँ प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरुको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन । तेश्रो हप्तामा आईपुग्दा भने नसोचेको भईरहेको छ ।अभिनेता महेश त्रिपाठीले ढिलै भएपनि दर्शकको चासो बढेकोमा दंग रहेको प्रतिक्रिया दिए ।

 

प्रदर्शनपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिवभलहरुमा अवार्डहरु हात परेको यो चलचित्रले समिक्षकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यस चलचित्र हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विनिता थापामगर,  प्रकाश दाहाल , स्व दिपक क्षेत्री , शारदा गिरी ,पशुपति राई लगाएतको अभिनय  रहेको छ ।
 

काठमाडौं:   वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउ...

थप पढ्नुहोस्

पर्वत :   पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण वि...

थप पढ्नुहोस्

मुस्ताङ:     मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएक...

थप पढ्नुहोस्