केटी साथीको दाइको बिहेमा आएका थिए ‘विश्वास’

प्रहरी भन्छ- 'खोजीकार्य जारी छ'

पाेखरा | जेठ १२, २०८०

केटी साथीको दाइको बिहेमा आएका थिए ‘विश्वास’

पोखरा:   काठमाडौंको टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल पोखराबाट बैशाख २९ गतेबाट हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । तर उनी काठमाडौंबाट २८ गते नै हिडेका थिए । 

 

प्रहरीलाई प्राप्त सूचनापछि उनी पोखरा महानगरपालिका ८ बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा भएको विवाहमा सहभागि हुन आएको खुल्यो । विवाहमा सहभागि भएपछि आफन्त र परिवारको सम्पर्क बाहिर पुगे । उनी बेपत्ता भए । 

 

कास्की प्रहरीले पाएको सूचनाका आधारमा प्रहरीले खोजीकार्य तिब्र पार्याे तर अहिलेसम्म अर्यालको अवस्था अज्ञात छ । 

 

उनी साथीको विवाहमा आएको खबर बाहिरिएपनि कस्को विवाहमा आएका थिए भन्ने ऐकिन थिएन । 

 

सुनगाभा न्यूजलाई प्राप्त जानकारी अनुसार अर्याल आफ्नो केटी साथीको दाईको विवाहका लागि पोखरा आएका थिए ।

‘उनी पोखरासँग त्यती परिचित थिएनन् । पोखरा उनी २/३ पटकमात्र आएका रहेछन् । उनलाई विरौटा कहाँ भन्ने पनि थाहा रहेनछ । उनका आफन्त विरौटामा छन् । स्रोतले भन्यो, ‘उनको आफन्तले भने अनुसार खासमा उनी आफ्नो केटी साथीको दाईको विवाहमा आएका रहेछन् ।’

 

अर्याल बेपत्ता भएको आज दुई हप्ता भइसकेको छ । यसबारे कास्की प्रहरीसँग बुझ्दा खोजीकार्य तिब्र पारेको बताएको छ । 

 

प्रहरीले संभावित स्थानको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । साथै अर्यालको केटी साथी भनिएकी युवती लगायत सम्पर्कमा रहेका व्यक्तिहरुलाई निगरानीमै राख्दै आएको छ ।
 

यद्यपी अर्यालयको अवस्था अज्ञात रहेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले बताए । ‘साथीको बिहेमा आएका अर्याल पोखरामा हराएको भन्ने उजुरीपछि पोखराको विभिन्न ठाउँमा विभिन्न कोणबाट खोजी गरिरहेका छौं,’ डिएसपी विकले भने । 

 

प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा अर्याललाई पोखरा महानगरपालिका ३ नदिपुरस्थित (पब्जि) पुलमा केही व्यक्तिले मोवाइल लुटपाट गरेको देखिएको थियो । लुटपाटपछि सेतीमा धकले वा हाम फाले भन्ने कुरा अपुष्ट छ । 

 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अर्यालको मोवाइल लुटेको आरोपमा दुई व्यक्तिलाई नियन्त्रणमा डाँकाचोरी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ । 

 

अर्याल लुटिइएको भोलिपल्ट कास्की प्रहरीले सशत्र प्रहरी बलको सहायतामा सेती खोँच र आसपासमा खोजी गरेको थियो । यद्यपी अर्याल भेटिएनन् ।

म्याग्दी:  म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालि...

थप पढ्नुहोस्

पोखरा:  ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकको मर्मतसम्भार सुरु गरिएको छ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँ...

थप पढ्नुहोस्

काठमाडौं: स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य ...

थप पढ्नुहोस्